झापा, मंसिर २२ । निजी दूरसञ्चार सेवा प्रदायक एनसेलको नेटवर्क अवरुद्ध हुन पुगेको छ ।

बिहान करिब ११ः२५ बजेदेखि अवरुद्ध हुन पुगेको एनसेलको नेटवर्क हालसम्म खुल्न सकेको छैन । जसले हजारौं एनसेल मोबाइल तथा इन्टरनेट सेवा प्रयोगकर्ताहरू प्रभावित हुन पुगेका छन् । सिस्टममा समस्या आउँदा नेटवर्क केही समय डाउन हुन पुगेको एनसेल कम्पनीले जनाएको छ । यद्यपि , जतिसक्दो छिटो नेटवर्क सुचारु गर्न प्राविधिक टोली लागिरहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्