झापा , मंसिर २२ । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय शृंखलाको चौथो खेलमा आज नेपाल र स्कटल्याण्डबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपाल र स्कटल्याण्डबीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजेबाट सुरु हुनेछ । यसअघि भएको खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो । यस शृंखलामा नेपाल , नामिबीया तथा स्कटल्याण्डको सहभागीता छ । सात टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अंकसहित छैठौं स्थानमा छ । स्कटल्याण्ड ३१ खेलमा ४४ अंकका साथ पहिलो स्थानमा रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्