एजेन्सी । पाँच पटकको विजेता ब्राजिललाई पेनाल्टी शुट आउटमा हराउँदै क्रोएसिया विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ ।

कतारको एजुकेशन सिटी स्टेडियममा भएको खेलमा क्रोएसियाले ब्राजिललाई चार–दुई गोलले हरायो ।
यसअघि निर्धारित ९० मिनेटमा गोल हुन नसकेपछि ३० मिनेट थपिएको थियो । थपिएको समयमा ब्राजिलका लागि नेयमारले गोल गरे । तर त्यो अग्रता धेरै बेर टिकेन । क्रोएसियाका लागि ब्रुनो पेटकोभिकले गोल गर्दै खेल एक–एकको बराबरीमा पु¥याए । त्यसपछि खेल पेनाल्टी शुट आउटमा पुगेको हो । पेनाल्टी शुट आउटमा क्रोएसिया ४– २ ले विजयी बनेको हो । ब्राजिलले सन् १९५८, १९६२, १९७०, १९९४ र २००२ मा विश्वकपको उपाधि जितेको थियो ।

यसैबीच ब्राजिलको राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक टिटेले पद छाडेका छन् ।
कतार विश्व कपको क्वाटरफाइनलबाट ब्राजिल बाहिरिएपछि मुख्य प्रशिक्षक टिटेले राजीनामा दिएका हुन् ।
६१ वर्षीय प्रशिक्षक टिटे सन् २०१६ मा ब्राजिलको मुख्य प्रशिक्षक नियुक्त भएका थिए । टिटेको नेतृत्वमा ब्राजिलले सन् २०१९ मा कोपा अमेरिकाको उपाधि जितेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्