एजेन्सी । पेनाल्टी शुटआउटमा नेदरल्यान्ड्सलाई हराउँदै अर्जेन्टिना विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

कतारको लुसेल मैदानमा आज बिहान भएको खेलमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई ४–३ गोलले हरायो । निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समय हुँदै टाइब्रेकरमा पुगेको थियो । टाइब्रेकरमा नेदरल्यान्ड्सका कप्तान भर्जिल भान डाइक र स्टिभन बर्घिअसले गोल गर्न सकेनन् ।
अर्जेन्टिनाका एन्जो फर्नान्डेजको प्रहार बाहिर गयो । खेलको पहिलो हाफको ३५औँ र दोस्रो हाफको ७३औँ मिनेटमा अर्जेन्टिनाले गोल गर्यो । नेदरल्यान्ड्सले दोस्रो हाफको ८३औँ मिनेटमा र इन्जुरी समयको दशौँ मिनेटमा गोल गरी बराबरी गरेको थियो ।
अर्जेन्टिनाका मोलिना र कप्तान लियोनल मेस्सीले गोल गरेका थिए । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन् । नेदरल्यान्ड्सका वुट वेघोस्र्टले दुई गोल गरे । तर अतिरिक्त समयमा गोल हुन नसकेपछि पेनाल्टी शुटआउटमा पुगेको थियो । अर्जेन्टिनाले अब सेमिफाइनलमा क्रोएसियासँग खेल्नेछ । क्रोएसियाले गएराति भएको पहिलो क्वाटरफाइनलमा ब्राजिललाई पेनाल्टी शुटआउटमा ४–२ गोलले पराजित गरेको थियो ।