झापा, मंसिर २४ । गौरवशाली बचत तथा ऋण सहकारी संस्था लि. बिर्तामोड ५ को १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।

पर्यटकीय स्थल जामुनखाडीमा गौरवशाली साकोसले साधारणसभा गरेको हो । संस्थाका अध्यक्ष लवकुमार चौधरीको अध्यक्षता तथा जिल्ला बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन) का जिल्ला अध्यक्ष तुलाराम न्यौपानेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेफ्स्कुनका बिर्तामोड इन्चार्ज विनोद न्यौपाने , सहकारीका सल्लाहकारहरु पुष्पलाल चौधरी , इन्द्रसिंह राजवंशी ,तेजनारायण चौधरी , राजवंशी विकास प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी ,बिर्तामोड उद्योग वाणिज्य संघकी सह–कोषाध्यक्ष राधिका चुडाल , उन्नतिशील महिला समूहकी उमा मिश्र , सगरमाथा इन्स्युरेन्स कम्पनीका गणेश मगरलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष चौधरीले आर्थिक वर्ष २०७८÷०७९ मा कूल आम्दानी ७९ लाख ७८ हजार ३२४ तथा खर्च र आयकर गरी ६६ लाख ८० हजार २९० भुक्तान गरी खुद नाफा १२ लाख ९८ हजार ३३ रुपैयाँ कमाउन सफल भएको जानकारी दिए । उनले संस्थाको शेयर पुँजी १ करोड ४ लाख ४६ हजार ५०० रुपैयाँ र शेयर सदस्य १ हजार ६९२ जना रहेकोसमेत जानकारी दिए ।

कार्यक्रममा असल बचतकर्ता रिमा राजवंशी , कुशुम प्रधान , मन्जुदेवी यादव , पूर्णचन्द्र बस्नेत , शम्भु शाह , असल ऋणी केशवकुमार यादव , भीम विश्वकर्मा , बिमला राजवंशी , असल कर्मचारी किरण थारु , कलावती राजवंशी र बाल बचतकर्ता गौरी अग्रवाललाई नगदसहित सम्मान गरिएको थियो । संस्थाका उपाध्यक्ष युवराज बिमलीले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन सचिव मीरा खड्काले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्