झापा, मंसिर २५ । विगत एक दशकदेखि होटल व्यवसाय गर्दै आएका युवा व्यवसायी कृष्ण पौडेलले थकाली किचेन एण्ड लुम्बिनी तन्दुरी मट्का हाउस संचालनमा ल्याएका छन् ।

बिर्तामोडको भगवान चोकमा संचालित थकाली किचेन एण्ड लुम्बिनी तन्दुरी मट्का हाउस पौडेलको पाँचौ व्यवसाय हो । २०७२ सालमा सेन्टर पोइन्ट पार्टी प्यालेस खोलेका व्यवसायी पौडेलले त्यसपछि सी.टी. होटल एण्ड पार्टी प्यालेस,हेभन होटल , अधुवा पुल पूर्व थकाली किचेन र चन्द्रगढीमा थकाली किचेन संचालन गरेका थिए । थकाली किचेनमा लामो अनुभव लिएका पौडेलले पछिल्लो पटक खोलेको थकाली किचेन एण्ड लुम्बिनी तन्दुरी मट्का हाउसको हिजो उद्घाटन गरिएको छ । बिर्तामोड , बाह्रदशी र दमकका ४० जना दृष्टिविहीनहरुलाई निःशुल्क भोजन गराएर होटल उद्घाटन गरिएको हो । उनले आज अनाथ बालबालिकालाई खाना खुवाउने कार्यक्रम रहेको जानकारी दिए ।

थकाली खाना , लुम्बिनी तन्दुरी चिकेन , तन्दुरी रोटी ,मट्का मासुलगायतका परिकारहरु आफ्नो होटलमा उपलब्ध रहेको उनले जानकारी दिए । होटलमा हेड सेफ काभ्रेबाट मगाइएको छ भने सहायक सेफ मोरङका हुन् । तर, थकाली खाना आफैले बनाउने गरेको संचालक पौडेल बताउँछन् ।

गुणस्तरीय सेवा दिएपनि मूल्य भने अन्य ठाउँजस्तै सस्तो नै रहेको उनले जानकारी दिए । मटन खाना सेट ४५० , सादा खाना २५० , लोकल चिकेन खाना ४०० र बोइलर चिकेन खाना ३५० रुपैयाँमा उपलब्ध रहेको पौडेलले बताए । करिव ७० लाख रुपैयाँको लागतमा सो होटल संचालनमा ल्याइएको अर्का संचालक अनु पौडेलले बताइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्