झापा , मंसिर २५ । दृश्यम २ रिलिज भएको २२ दिन बितिसकेको छ तर फिल्मको कमाई अझै रोकिएको छैन ।
फिल्मले हालसम्म १९६ करोड भारु कमाएको छ र अब २०० करोड क्लबमा सामेल हुने तयारीमा छ । योसँगै दृश्यम २ अजय देवगनको तेस्रो सर्वाधिक कमाई गर्ने चलचित्र बनेको छ । दृश्यम २ को अघि मात्र तानाजी र गोलमाल अगेन छन् । यदि दृश्यम २ ले यस्तै कमाइ गरिरह्यो भने चाँडै गोलमाल अगेनको लाइफटाइम कलेक्सनलाई पछाडि छोड्नेछ । नयाँ फिल्म रिलिज भए पनि दृश्यम २ को कमाईमा खासै फरक परेको छैन । फिल्मको सङ्कलन २०० करोडको आँकडा छुन केही कदम मात्र टाढा छ । यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९.५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । यसअघि २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५.६९ करोड कलेक्सन गरेको थियो । घरेलु बक्स अफिसमा यो फिल्मले अहिलेसम्म २०० करोडको आँकडा नछोए पनि विश्वव्यापी कलेक्सनको कुरा गर्ने हो भने अहिलेसम्म २८४.५६ करोडको ग्रस कलेक्सन गरेको छ । वल्र्ड वाइड कलेक्शनको कुरा गर्ने हो भने यो फिल्म यो वर्ष (२०२२) को सबैभन्दा धेरै कमाउने हिन्दी फिल्मको तेस्रो नम्बरमा परेको छ । फिल्मले अब ब्रह्मास्त्र (४३१ करोड) र द कश्मीर फाइल्स (३४१ करोड) लाई पछ्याइ रहेको छ । दृश्यम २ को बजेट करिब ६० करोड थियो । फिल्मले मात्र तेस्रो दिनमै ६४ करोड कलेक्सन गरेको थियो । अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।