झापा , मंसिर २५ । ताप्लेजुङमा भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा फक्तालुङ गाउँपालिका-५ ओईतुङका ४० वर्षीय कुमार लिम्बू रहेका प्रहरीले जनाएको छ । उनले सामान्य घरायसी झै झगडामा बन्दुक प्रहार गर्दा उनकै दाजु घाइते भएको भन्ने खबर पाएपछि प्रहरी चौकी तापेथोकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्