झापा , मंसिर २५ । ‘मिसेस वल्र्डमा नेपाल २०२२’ विजेता दीक्षा केसी अमेरिका उडेकी छन् ।

डिसेम्बर १७ देखि अमेरिकाको लस भेगासको वेस्टगेट रिसोर्टमा आयोजना हुने ‘सिसेस वल्र्डमा ’ मा सहभागी हुन उनी शनिबार त्यसतर्फ लागेकी हुन् । सन् १९८४ मा स्थापित ‘मिसेस वल्र्डमा ’ विवाहित महिलाहरूको सहभागिता रहने सौन्दर्य प्रतियोगिता हो । प्रतियोगितामा अमेरिका, युरोप, एसिया, अफ्रिका, अस्ट्रेलिया लगायत ६० भन्दा बढी राष्ट्रहरूको सहभागिता रहने गर्दछ । प्रतियोगितामा केसीले राष्ट्रिय पोसाकदेखि नेपाली कलासंस्कृति झल्कने विभिन्न पोसाक समेत प्रस्तुत गर्नेछिन् । दीक्षा रिबन इन्टरटेनमेन्टद्वारा आयोजित वाई वाई ‘मिसेस नेपाल वल्र्डमा २२’ की विजेता हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्