झापा, मंसिर २५ ।जन्मदिनको अवसरमा मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले बालक्लबलाई सहयोग गरेका छन् ।

बिर्तामोड २ चारपानेस्थित मोहनमाया माध्यमिक विद्यालयका प्रधानाध्यापक श्रेष्ठले स्थानीय सरकारबाट प्राप्त भएको मासिक भत्ता बापतको रकम विद्यालयमा रहेको बालक्लबलाई हस्तान्तरण गर्दै आफ्नो जन्मदिन मनाएको फोकल पर्सन ममता राजवंशीले जानकारी दिइन् ।

वडा नम्बर २ का वडाध्यक्ष किशोरकुमार पौडेलको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बालबालिका तथा शिक्षा संचार मञ्चका संयोजक सरोज पौडेलले कार्यक्रमबारे प्रष्ट्याएका थिए ।
वडाध्यक्ष पौडेलले बालबालिकाका लागि गरिने लगानी सयौं पुस्तालाई हुने र यो देशको भबिष्य निर्माणमा महत्वपूर्ण योगदान हुने भएकाले बालबालिकामा लगानी गर्न आग्रह गरे । उनले सो क्लबलाई संचालनका लागि ५ हजार रुपैयाँ सहयोग गर्दै आगामी बर्षबाट बार्षिक १० हजार वडाबाट उपलब्ध गराउने प्रतिबद्धता ब्यक्त गरे ।

कार्यक्रममा वडा सदस्य ओमनाथ गौतम, एकता स्पोर्टिङ क्लबका सचिब लक्ष्मीप्रसाद घिमिरेलगायतको उपस्थिति रहेको थियो ।
बालक्लब अध्यक्ष पुनम अधिकारीको अध्यक्षता रहेको कार्यक्रमको संचालन फोकल पर्सन राजबंशीले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्