भद्रपुर, मंसिर २५ । नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन इकाई समिति भद्रपुरको १० औं अधिवेशनबाट लावण्यकुमार पोखरेल अध्यक्षमा निर्वाचित भएका छन् ।

निवर्तमान अध्यक्ष लोकनाथ भट्टराईलाई ४६ मतले पछि पार्दै पोखरेल निर्वाचित भएका हुन् । पोखरेलले एक सय ३० र भट्टराईले ८४ मत पाएका छन् । यसैगरी उपाध्यक्षमा एक सय ३२ मतका साथ प्रकाश निरौला निर्वाचित भए भने उनका प्रतिष्पर्धीमा ७७ मत पाएर मुकुन्द पौडेल उपविजेता बन्न पुगेका छन् ।

त्यस्तै सचिवमा मुरारी न्यौपाने र सहसचिवमा नारायण हजाम निर्विरोध निर्वाचित भएका थिए भने कोषाध्यक्ष डिल्लीराम अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।सदस्यहरूमा सुगम सुवेदी (१४८), गंगादेवी भण्डारी (१४७), बसन्त ढकाल (१४२), लक्ष्मीप्रसाद कोइराला (१३७), शिवकुमार समाल (१३१), पानीलाल राजवंशी (१२७) र छविरमण खनाल (१२४) मतका साथ निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्