झापा, मंसिर २६ । सोलुखुम्बुमा बाल यौन दुर्व्यवहारको आरोपमा एक आयुर्वेदिक वैद्य पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सर्लाही बरहथवा नगरपालिका-१७ घर भई आरोग्य केन्द्र सोताङमा कार्यरत्त ४० वर्षिय राधेश्यामप्रसाद शाह रहेका छन् । शाहमाथि सोताङ गाउँपालिकाकै एक १० वर्षीय बालिकालाई यौन दुर्व्यवहार गरेको आरोप छ । शुक्रबार पक्राउ परेका शाहविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा दर्ता भएको छ । पक्राउ परेका शाहलाई आइतबार म्याद थप गरी अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्