झापा , मंसिर २६ । प्रदेश नम्बर १ को लोक सेवा आयोगले स्थानीय सरकारी सेवाअन्तर्गत प्राविधिकतर्फ , स्वास्थ्य सेवा , विभिन्न समूहका सहायक स्तर पाँचौं तह र चौथो तहमा कर्मचारी माग गर्दै आवेदन खुला गरेको छ ।

हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी र ल्याब असिस्टेन्ट माग गर्दै आयोगले आज विज्ञापन खुला गरेको छ । आयोगले कूल ६१५ जना स्वास्थ्य क्षेत्रका कर्मचारी माग गरेको छ । जसमा खुला र समावेशीबाट पदपुर्ति गरिने तयारी छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्