एजेन्सी । मगधिरा र आरआरआर जस्ता ब्लकबस्टर फिल्मका अभिनेता राम चरणकी श्रीमती उपासना गर्भवती छिन् र यो जोडीले आफ्नो पहिलो सन्तानलाई छिट्टै नै स्वागत गर्दैछन् ।

राम चरणका पिता र तेलुगु फिल्मका मेगास्टार चिरञ्जिवीले सोसल मिडियामा यो खुसीको खबर सेयर गरेका हुन् । चिरञ्जिवीले सोसल मिडियामा हनुमानको एक तस्बिर सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । यो तस्बिरमा उनले लेखेका छन्, ‘श्री हनुमानजीको कृपाले, हामीलाई यो घोषणा गर्दा निकै खुसी लागेको छ कि उपासना र राम चरण आफ्नो पहिलो सन्तानलाई जन्म दिन लागेका छन् । ’साउथका चर्चित स्टारमध्ये एक राम चरण र उपासना कामिनेनीले सन् २०१२ मा विवाह गरेका थिए । गर्भावस्थाबारे यसै वर्षको जुलाईमा उपासना निकै चर्चामा थिइन् । उनले आफू बच्चा जन्माउन नचाहेको बताएकी थिइन् । उपासनाले भनेकी थिइन्, ‘मैले रिप्रोड्युस नगर्ने निणर्य लिएकी छु र मानिसहरुले यसको सम्मान गर्नुपर्छ ।’ आफ्नो निणर्यबारे कुरा गर्दै उनले भनेकी थिइन्, ‘मानिसहरु कार्बन फुटप्रिन्टबारे सोचेर चिन्तित हुन्छन् तर यदि यही फ्रुटपिन्ट कम भयो भने तपाईंले ग्लोबल वार्मिङबारे चिन्ता गर्न नै पर्दैन ।’ १७ औँ एटीए सम्मेलनमा सद्गुरुको अगाडि यसबारे बयान गर्दै उपासनाले उनलाई यो कुरा उनको सासुलाई पनि आफ्नो निणर्यबारे बुझाइदिन आग्रह गरेकी थिइन् ।

राम चरणले पनि परिवार बढाउनेबारे दिएका थिए यस्तो बयान
राम चरणले पनि आफ्नो एक अन्तरवार्तामा उनको हालसालै परिवार बढाउने कुनै योजना नभएको बताएका थिए । उनले भनेका थिए, ‘सिनेमा नै मेरो पहिलो प्रेम हो र मेगास्टार चिरञ्जिवीको छोरा भएको नाताले फ्यानलाई खुसी राख्ने मेरो ठूलो जिम्मेवारी छ ।’ उनले थपेका थिए, ‘परिवार सुरु गरेपछि म आफ्नो यो मिशनबाट भट्किन सक्छु । उपासनाको पनि उनको जीवनका केही उद्देश्य छन् जसलाई उनी पूरा गर्न चाहन्छिन् । यस्तोमा हामी दुबै केही वर्षसम्म बच्चाको योजना बनाउने छैनौँ ।’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्