झापा, मंसिर २८ । सोलुखुम्बुका एक युवकको दक्षिण कोरियामा सुतेकै ठाउँमा मृत्यु भएको छ ।

सोलु दुधकुण्ड नगरपालिका-३ तामाखानी घर भइ दक्षिण कोरियाको हव्साङसिमा कार्यरत २९ वर्षीय रामप्रकाश मगरको मंगलबार मृत्यु भएको हो । बेलुका राम्रैसँग सुतेका मगरको हृदय घातका कारण मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । उनी केहि दिनदेखि प्रेसरका कारण सामान्य बिरामी रहेको पारिवारिक स्रोतले जनाएको छ । मगर करिब ५ वर्ष अघि कोरिया पुगेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्