झापा , मंसिर २८ । विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा बुधबार फ्रान्स र मोरक्को भिड्ने छन् ।
खेल कतारको अल बायत स्टेडियममा राति पौने १ बजे सुरु हुनेछ । साविक विजेता फ्रान्स मोरक्कोलाई हराएर लगातार फाइनलमा पुग्न चाहन्छ । फ्रान्सले क्वार्टरफाइनलमा इंग्ल्याण्डलाई २-१ ले हराएको थियो । मोरक्को पोर्चुगललाई हराउँदै पहिलोपटक सेमिफाइनलमा पुगेको हो । मोरक्को विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी राष्ट्र हो । यी दुई टोलीबीच विश्वकपमा पहिलोपटक प्रतिस्पर्धा हुन लागेको हो ।




