एजेन्सी । फ्रान्स फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई २–० गोल अन्तरले हराउँदै साबिक विजेता फ्रान्स फाइनलमा पुगेको हो।

फ्रान्सको जितमा थिओ हर्नान्डेज र रान्डल कोलो मुआनीले गोल गरे। खेलको सुरुवातमै पहिलो गोल गरेको फ्रान्सले दोस्रो गोल दोस्रो हाफको अन्तिमतिर थपेको थियो। पाँचौं मिनेटमै हर्नान्डेजले गोल गर्दै फ्रान्सले अग्रता लियो। हर्नान्डेजले डिबक्सभित्र प्राप्त रिवाउन्ड बलमा उत्कृष्ट गोल गरे। फ्रान्सले दोस्रो गोल ७९औं मिनेटमा थपेको थियो।

बलमा पकड जमाए पनि मोरक्कोको गोल फर्काउने प्रयास सफल भएन। फ्रान्स चौथो पटक फाइनलमा पुगेको हो। लगातार दोस्रो पटक फाइनलमा पुगेको फ्रान्सले उपाधि रक्षाको लागि आइतबार अर्जेन्टिनासँग खेल्नेछ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्