बिर्तामोड, पुष १ । भ्वाइस अफ नेपाल सिजन ४ को टप ८ मा पर्न सफल झापा बिर्तामोडका योगेश मगरलाई जिताउन अभियान संचालन गरिएको छ ।

बिर्तामोडमा पत्रकार सम्मेलन गरी स्थानीय युवाहरुले समिति बनाएरै अभियान सञ्चालन गरिरहेको जानकारी दिए । बिर्तामोडमा योगेश मगरको सांगीतिक समूह पन्छी एण्ड द सन ब्रस्ट ब्याण्ड हो । उनी त्यस ब्याण्डका गायक हुन्, यसै कारण पनि योगेश मगरलाई ‘पन्छी’को उपनामले पनि चिनिन्छ । उनकै ब्याण्डका सदस्यहरु मिलेर अहिले योगेश मगर जिताऊ अभियानमा लागेका छन् ।

१७ सदस्यीय अभियानको संयोजकमा राहुल राई रहेका छन् । यस्तै, प्रकाश तामाङ, जितेन पाँचकोटी, हिलिहाङ इजम, अपेक्षा राई, आर्यन बराइली, आशा गुरुङ, आदर्श खाती, नाम्ग्येल तामाङ, नसिब मगर, सेवासी मगर, प्रभास मगर, किरण गुरुङ, खुम खड्का, रमेश शेर्पा, योगेश लिम्बू र योगेन्द्र थापा सदस्य छन् । योगेशले टप १० मा आशिष रायामाझीलाई इलिमिनेट गरेका थिए । कोच प्रमोद खरेलको समूहमा रहेका योगेशले ब्लाइन्ड अडिसनमा सुरुको एक मिनेटभित्रै चारै जना कोचको कुर्सी घुमाएर वाहवाही कमाएका कलाकार बने । भ्वाइस अफ नेपाल सिजन ४ का सम्भावित विजेता योगेशको पूख्र्यौली घर कुम्मायक गाउँपालिकाको यासोक पाँचथर हो भने हाल बिर्तामोडमा रहँदै आएका छन् । भ्वाइस अफ नेपालका प्रतियोगीमध्ये कम उमेरका योगेशलाई जिताउन झापाका विभिन्न स्थानमा अभियानले कार्यक्रम गर्दै आएको छ ।

भर्सटाइल गायक योगेश मगरका फ्यान बढेर अहिले नै सेलिब्रेटी बनिसकेका छन् । उनलाई भोट गर्नका लागि खल्ती एप डाउनलोड गरी प्रमोद खरेललाई सेलेक्ट गर्नुपर्छ । उनको भोटिङ कोड १२ रहेको छ । बिर्तामोडका युवा जुटेर यसअघि नेपाल आइडलमा राम लिम्बूलाई जिताएका थिए भने अर्को सिजनमा नाम्ग्येल तामाङ रनरअप भएका थिए । अभियानका अगुवा प्रकाश लिङदेनले बिर्तामोडका युवाले अभिभावकत्व भूमिका निर्वाह गर्दै आएको सुनाए ।

त्यस्तै योगेश मगरले आफूलाई जिताउन नेपाल मगर विद्यार्थी संघ झापा, युनाइटेड क्लब बिर्तामोडलगायतले पनि योगेश मगर जिताऔं अभियान शुरु गरेका छन् । नेपाल मगर बिद्यार्थी संघ झापा, युनाइटेड क्लब बिर्तामोडलगायतको आयोजनामा विभिन्न स्थानमा साँगीतिक कार्यक्रमहरु गर्दै भोट दिन अपिल गरिएको नेपाल मगर बिद्यार्थी संघ झापाका सल्लाहकार तथा अभियानका संयोजक प्रभास थापा मगरले जानकारी दिए । मगरको संयोजकत्वमा युनाइटेड क्लब बिर्तामोडका अध्यक्ष तथा अभियानका सदस्य साङ्गे दोर्जे शेर्पा, सचिव खुम खड्का, सदस्य विश्वास कार्की, सल्लाहकार राज मुखिया,नसिव मगर, किरण गुरुङ, राहुल राई, विशाल अग्रवाल, प्रकाश तामाङलगायत रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्