झापा, पुष १ । न्युजिल्याण्डमा नेपालीहरुको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ ।

यो वर्ष न्युजिल्याण्डकै इतिहासमा पहिलो पटक २६९४ नेपालीहरुले आवासीय भिसा प्राप्त गरेका छन् । अघिल्लो वर्ष यस्तो भिसा प्राप्त गर्ने नेपालीको संख्या ११७९ जना रहेको थियो । न्युजिल्याण्डको आप्रवास विभागले जारी गरेको तथ्यांक अनुसार यो वर्ष १५८ देशका कुल १ लाख ४२ हजार ९२९ जना विदेशी निवेदकहरुलाई आप्रवास भिसा प्रदान गरिएको छ भने ५१८७ जना निवेदकहरुको निवेदन बदर भएको छ । १५८ देशका नागरिकहरुले आप्रवास भिसाको लागि निवेदन हालेको भएतापनि ११ देशका नागरिकहरुले आवासीय भिसा प्राप्त गर्न सकेनन् । ३ जनाले मात्र आवासीय भिसा प्राप्त गरेका १३ वटा देशका नागरिकहरु छन् भने ६ जना मात्रको आवासीय भिसा स्वीकृत भएका १० वटा देशहरु छन् । मंगोलिया लगायत १० देशका नागरिकहरुको भाग्यमा १२ जनाको आप्रवास भिसा हात परेको तथ्यांकमा उल्लेख छ । आवासीय भिसा प्राप्त गर्ने व्यक्तिहरु मध्ये तालिकाको अग्र पंक्तिमा भारतीयहरु रहेका छन् । जसको संख्या ३७ हजार ६८ रहेको छ । दोश्रोमा फिलिपिन्स रहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्