झापा , पुष १ । विराटनगरमा हिँडिरहेका बेला एक्कासि सडकमा ढलेका एकजना पुरुषको मृत्यु भएको छ ।

हिँड्दाहिँड्दै ढलेर विराटनगर महानगरपालिका-९ चुलाचुली मार्गमा अन्दाजी ५५ वर्षीय बलराम भगतको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार हिँडिरहेका बेला बिहान ९ः३० बजेतिर भगत एक्कासि ढलेका थिए । ढलेकै ठाउँमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि कोसी अस्पताल लगेर घटनाको अनुसन्धान सुरु गरिएको डीएसपी श्रेष्ठले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्