बिर्तामोड , पुष २ । चार वर्षपछि कतारबाट घर फर्किदै गरेका बिर्तामोड ७ का राजेन्द्र श्रेष्ठ गाडीमै लुटिएका छन् ।

बेहोस अबस्थामा रहेका श्रेष्ठ

बिहीवार राति रात्रिबसमा काठमाडौबाट घर फर्किदै गर्दा उनी गाडीमै लुटिएका हुन् । कतारबाट काठमाडौ आइपुगेपछि घर फर्किन उनी काठमाडौ –काँकडभिट्टा चल्ने बा ०३–००१ख२०० नं.को बिहानी यातायातमा चढेका थिए । स्टाफहरुसंग संगै खाना खाएका श्रेष्ठले ढल्केवरमा उनीहरुसंगै चिया पिएका थिए । त्यसपछि आफू बेहोस बनेको र गाडीमै आफ्नो दुई तोला सुनको औठी र ४० हजार पर्ने मोबाइल लुटिएको उनले बताए ।

बुट्टाबारीमा उतार्नुपर्नेमा उनलाई गाडीवालाले बिर्तामोडको पश्चिम स्टेन्डमा उतारिदिएका थिए । बेहोस अबस्थामै सिटीमा चढाइएका श्रेष्ठलाई आफूहरुले उपचार गरेर घर पुर्याएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी निरीक्षक विजय कार्कीले बताए । श्रेष्ठले गाडी स्टाफहरुमाथि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन् । शनिवार बस चालक र कन्डक्टर आएपनि सहचालक नआएकाले सोमवार सबैलाई उपस्थित हुनेगरी बोलाइएको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्