झापा , पुष ३ । जापानको टोकियोमा एक नेपालीको मृत्यु भएको छ ।

सुगिनामी वार्ड होरिनोउचीमा बस्दै आएका भोजपुरका ४२ वर्षीय दिवस राईको गएराति मृत्यु भएको हो । १३ वर्षदेखि जापानमा श्रीमतीसहित बस्दै आएका राई गए राति ११ बजे आफ्नै कोठामा मृत अवस्थामा भेटिएका हुन् । शनिबार राति ११ बजे श्रीमती कामबाट फर्कँदा राई मृत अवस्थामा भेटिएको र तुरुन्तै प्रहरीलाई खबर गरी प्रहरीको जिम्मा लगाएको पारिवारिक स्रोतले जनाएको छ । राईको मृत्युको कारण पोस्टमार्टमपछि मात्र थाहा हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्