झापा , पुष ३ । कतारमा जारी फिफा विश्वकपमा साबिक उपविजेता क्रोएसिया यसपटक तेस्रो बनेको छ ।
मोरक्कोलाई २-१ ले पराजित गर्दै क्रोएसिया तेस्रो भएको हो। खालिफा रंगशालामा शनिबार रातिको खेलमा क्रोएसियाको तर्फबाट जोस्को ग्वार्डियोलले पहिलो गोल गरेका थिए । उनले खेलको सातौं मिनेटमा गोल गरेका हुन् । खेलको नवौं मिनेटमा आच्रफ डारीले मोरक्कको तर्फबाट गोल गर्दै खेल बराबरीमा ल्याएका थिए । ४२ औं मिनेटमा गोल गर्दै मिस्लाभ ओर्सिचले क्रोएसियालाई अग्रता दिलाए । दास्रो हाफमा दुवै टिमले गोल गर्न सकेनन्। ओर्सिचको गोल नै क्रोएसियाको जितका लागि निणर्ायक बन्यो ।