झापा , पुष ३ । किशोरीलाई बलात्कार गरेको आरोपमा तेह्रथुमको फिदिम नगरपालिका-३ घर भएका ३९ वर्षका नरेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ ।

१४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा उनलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । किशोरीलाई राईले मंसिर २८ गते तेह्रथुम आठराई गाउँपालिका पिलेस्थित झाडीमा जबरजस्ती करणी गरेको आरोप छ । बलात्कार भएको सुराक पाएपछि प्रहरी चौकी चुहानडाँडा तेह्रथुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्