झापा, पुष ३ । लक्ष्मीपुर–राजगढ सडकखण्डको बाह्रदशी गाउँपालिका अगाडी आइतबार स्थानीयले ढाट लगाएर बाटो अवरोध गरेका छन् ।

यसअघि आफूहरुले बारम्बार ध्यानाकर्षण गराउँदा समेत सुनुवाई नभएको स्थानीयको भनाइ छ । बाटोमा पानी हाल्ने सहमति भएपनि गाउँपालिका कार्यालयले उचित समन्वय गर्न नसकेको स्थानीयको आरोप छ ।

गत मंसिर २१ गते स्थानीयसंग यदि १० दिन भित्रमा पनि कालोपत्रे काम सुरु हुन नसकेमा निर्माण व्यवसायीले पानी लगाएर बाटोलाई पुनः पेल्ने सहमति भएको थियो । आइतवार नै एकसाथ राजगढ, चकचकी र फुलबारीमा केहिबेर बाटो अवरूद्ध गरेर सम्बन्धित निकायको ध्यानाकर्षण गराएको स्थानीय कमल बानियाले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्