बिर्तामोड, पुष ३ । शिक्षासेवी हरिकुमार प्रसाईको संझनामा प्रकाशित विशेषांक प्रतिदिन दैनिकले न्यूटन्स एजुकेशन एकाडेमीलाई हस्तान्तरण गरेको छ ।

दिवंगत प्रसाईको १३ औं दिनको पुण्यतिथिमा प्रतिदिन दैनिकले विशेषांक प्रकाशित गरेको थियो । त्यस बिशेषांकलाई फ्रेममा सजाएर प्रतिदिन दैनिकले आइतवार प्रसाई संस्थापक भएको न्यूटन्स् एजुकेशन एकाडेमीलाई हस्तान्तरण गरेको हो । विशेषांकका लेखक र परिवारका सदस्यहरुको उपस्थितिमा सो विशेषांक विद्यालयका प्रिन्सिपल देवेन्द्र हुमागाईलाई हस्तान्तरण गरिएको प्रतिदिन दैनिकका सम्पादक इन्द्रसिंह राजवंशीले बताए ।

कार्यक्रममा पूर्वमन्त्री खगेन्द्र प्रसाई , समाजसेवी राजकुमार पोखरेल , कञ्चनजंघा मा. वि.का संस्थापक गुरुभक्त न्यौपाने , दुर्गा माविका प्रधानाध्यापक कृष्णप्रसाद पाठक , एन प्याव्सनका मोहन आचार्यलगायतले दिवंगत प्रसाईको योगदानको चर्चा गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए । विशेषांकमा खगेन्द्र प्रसाई , गोपीकृष्ण प्रसाई ,गोपालकुमार बस्नेत , राजकुमार पोखरेल , देवेन्द्र हुमागाई ,गौरीमान फागो , गुरुभक्त न्यौपाने ,चन्द्रमोहन उप्रेती ,परासर दाहाल, नेत्रप्रसाद निरौला, देवराज कार्की ,सावित्रा न्यौपाने , हिना तिम्सिना, मिनु शिवाकोटी ,गौतम शर्मा शिवाकोटी , रुपा राजवंशी ,लवकुमार चौधरी ,उत्तम खनाल , रमेश नेपालले प्रसाईसंग जोडिएको आ–आफ्ना संस्मरण लेखमा उतारेका छन् ।

प्रतिदिन दैनिकका सम्पादक राजवंशीले बहुआयामिक प्रसाईको बारेमा विशेषांक प्रकाशित गर्नुको औचित्य प्रष्ट्याएका थिए भने प्रिन्सिपल हुमागाईले सबैलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रमको संचालन संचारकर्मी सरोज पौडेलले गरेका थिए ।यसअघि प्रतिदिन दैनिकले दिपेन्द्र पोखरेल , ज्ञानुराम प्रसाई ,पर्शुराम अग्रवाल र गौरवती राजवंशीको जीवनीमा आधारित रहेर विशेषांक प्रकाशित गरिसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्