एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको उपाधिका लागि अर्जेन्टिना उपाधिको जीत नजिक पुगेको छ ।

फ्रान्ससंग भइरहेको फाइनल प्रतिष्पर्धामा लियोनल मेसीले अर्को गोल लगाएपछि अर्जेन्टिनाले उपाधि जित्ने निश्चित भएको छ । मेसीले अतिरिक्त समयमा थप एक गोल गरेका हुन् । यसअघि २–२ को बराबरी गोल भएपछि अतिरिक्त समय थपिएको थियो । लुसिल स्टेडियममा भईरहेको खेलमा हाफ टाइमसम्म अर्जेन्टिनाले २–० गोलको अग्रता कायम गरेकोमा हाफ टाइमपछि फ्रान्सले बराबरी गरेको थियो । अर्जेन्टिनाले खेलको २३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेको हो ।लियोनल मेसीले सो गोल गरे ।

त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले अर्को गोल थपेका छन् । यसैबीच फ्रान्सले दुई गोल फर्काएको छ । किलियन एम्बाप्पेले खेलको ८० र ८१ औं मिनेटमा दुई गोल गरेका हुन् । उनले ८० औं मिनेटमा पेजाल्टीमार्फत गोल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्