एजेन्सी । कतारमा जारी फिफा विश्वकप फुटबलको फाइन भीडन्त अत्यन्त रोमाञ्चक बन्दै गएको छ ।

२–२ को बराबरीको अबस्थामा अर्जेन्टिनाले थप एक गोल गरी ३–२ ले अग्रता लिएकोमा फ्रान्सका किलियन एम्बाप्पले फेरि बराबरी गरेका छन् । उनले एक्लै ३ गोल गरेका छन् । फ्रान्ससंग भइरहेको फाइनल प्रतिष्पर्धामा लियोनल मेसीले अर्को गोल लगाएपछि अर्जेन्टिनाले ३–२ को अग्रता लिएको थियो । तर, एम्बाप्पेले त्यसपछि फेरि एक गोल गरेका हुन् । मेसीले अतिरिक्त समयमै थप एक गोल गरेका थिए । यसअघि २–२ को बराबरी गोल भएपछि अतिरिक्त समय थपिएको थियो । लुसिल स्टेडियममा भईरहेको खेलमा हाफ टाइमसम्म अर्जेन्टिनाले २–० गोलको अग्रता कायम गरेकोमा हाफ टाइमपछि फ्रान्सले बराबरी गरेको थियो । अर्जेन्टिनाले खेलको २३ औ मिनेटमा पेनाल्टीमार्फत गोल गरेको हो ।लियोनल मेसीले सो गोल गरे । त्यस्तै ३६ औं मिनेटमा एन्जल डी मारियाले अर्को गोल थपेका छन् । यसैबीच फ्रान्सले दुई गोल फर्काएको छ । किलियन एम्बाप्पेले खेलको ८० र ८१ औं मिनेटमा दुई गोल गरेका हुन् । उनले ८० औं मिनेटमा पेजाल्टीमार्फत गोल गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्