एजेन्सी । भारतकी सरगम कौशलले मिसेज वर्ल्ड  २०२२ को उपाधि जितेकी छन् ।

अमेरिकाको लस वेगममा आयोजित प्रतिगोगितामा उनले ६३ देशका सुन्दरीलाई पछि पार्दै उपाधि जितेकी हुन् । भारतले यसखालको उपाधि २१ वर्षपछि प्राप्त गरेको हो । यसअघि सन् २००१ मा भारतकी अदिति गोवित्रिकरले यस उपाधि जितेकी थिइन् । सरगम कौशल जम्मू-कश्मीरकी हुन् । सरगम यसअघि पेशाले शिक्षक थिइन् भने उनले साहित्यमा पीजी गरेकी छन् । उनका श्रीमान भारतीय नेवीमा रहेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्