झापा , पुष ४ । पाँचथरको याङवरक गाउँपालिका-३ को निर्माणाधीन इङवा खोला हाइड्रो पावर कम्पनीमा कार्यरत एकजना श्रमिकको ढुंगाले लागेर मृत्यु भएको छ ।

मृत्यु हुनुेमा बर्दिया जिल्लाको बारबर्दिया गाउँपालिका-८ का स्थायी बासिन्दा ३३ वर्षीय लालबहादुर थारू रहेका छन् । निर्माणाधीन उक्त हाइड्रो पावरसम्म जाने बाटो खन्न लगाइएको जेसीबीले काम गरिरहेका बखत माथिबाट खसेको ढुंगाले टाउकोमा लाग्दा सख्त घाइते भएका उनलाई पाँचथर अस्पतालमा उपचारार्थ ल्याइपुर्‍याउने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि जेसीबीका चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डीएसपी) हरि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्