झापा, पुष ४ । झापाको चारआलीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अर्का घाइते भएका छन् ।

गएराति ८.३० बजे मेचीनगर नगरपालिका १३ चारआली बजारस्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ८ ख ३३३६ नम्बरको ट्रकले सोही दिशातर्फ आउँदै गरेको मे ७ प १७२७ नं. मोटरसाइकललाई ठक्कर दिँदा मोटसाइकलमा पछाडि सवार ईलाम रोङ गाउँपालिका –६ बस्ने २३ वर्षिया उषा राईको मृत्यु भएको हो ।

मोटरसाइकल चालक ३२ वर्षिय केशर राईकी बहिनी उषा गम्भीर घाईते भई उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड ल्याईएकोमा अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेका थिए । मोटरसाइकल चालक केशर सकुशल रहेका छन् ।

दुर्घटनापछि ठक्कर दिने ट्रक र ट्रक चालक पाँचथर मिक्लाजुङ गाउँपालिका –१ बस्ने ३१ वर्षिय सुन्दरराज आङदम्बेलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी बसन्त पाठकले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्