झापा , पुष ४ । उदयपुरमा बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ साथै दुर्घटनामा परी पाँचजना घाइते भएका छन् ।

कटारी नगरपालिका-१० पालसिंह भित्री सडक खण्डमा सोमबार बिहान रुपाटारबाट कटारीतर्फ आउँदै गरेको प्रदेश २-०१-००१ च ००५० नम्बरको बोलेरो गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परी घाइते भएका ताप्ली गाउँपालिका-१ का ६५ वर्षीय मीनबहादुर सार्कीको उपचारको क्रममा कटारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरू ताप्ली २ का ३० वर्षीय फडिन्द्र श्रेष्ठ, ७ वर्षीय भवानी श्रेष्ठ, २ वर्षीय भूमिका श्रेष्ठ, ताप्ली ५ का २३ वर्षीय सुमित्रा गिरि र ताप्ली ४ का ४५ वर्षीय झगडबहादुर बिश्वाकर्मको सोही अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी कार्यालय कटहरिले जनकारी दिएको छ । घटनामा संलग्नमा बोलेरो चालक ईश्वर नारायण श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्