झापा, पुष ४ । समाचार संकलनका लागि दमक आएका इलामका पत्रकार राम योङहाङलाई भिडियो खिच्दा प्रहरीले पक्राउ गरेको छ ।

इलाम माङ्सेबुङ गाउँपालिका २ स्थायी घर भई हाल दमकको हिमालय माध्यमिक विद्यालयमा कक्षा ११ मा अध्ययनरत चार जना विद्यार्थीमाथि भएको कुटपिटको बिषयमा रिपोर्टिङ गर्न उनी पुगेका थिए । सौर्य दैनिकका इलाम सम्वाददाता, नयाँ बुलन्द अनलाइनका संचालक, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष एवम् प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य योङहाङलाई इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी दिलिपकुमार गिरीको निर्देशनमा प्रहरी निरीक्षक देवानन्द मिश्रले नियन्त्रणमा लिएर माथिको आदेश भन्दै हिरासतमा राखी कैद गरेको भिडियो डिलिट गर्न लगाएको जनाइएको छ । रिपोर्टिङका क्रममा विवादित दुई पक्षबीच भएको मेलमिलापको उनले भिडियो खिचेका थिए । घटना पक्षका एकजना व्यक्तिलाई प्रहरीले हातपात र लछारपछार गरी मोबाइल खोस्दै गरेको भिडियो पत्रकार योङहाङले खिचेका थिए । प्रहरीले योङहाङलाई करिब २० मिनेट हिरासतमा राखेको जनाइएको छ ।

उनीमाथि भएको दुव्र्यवहारको नेपाल पत्रकार महासंघ र प्रेस सेन्टरले भत्र्सना गरेका छन् । नेपाल पत्रकार महासंघ इलाम, प्रेस सेन्टर नेपाल प्रदेश नम्बर एक समिति र प्रेस सेन्टर इलाम जिल्ला समितिले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका हुन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्