झापा , पुष ५ । मोरङ र सुनसरीको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमवार मोरङको बिराटनगर महानगरपालिका-१५ ढाटबाट लागूऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको सुन्दरहरैचा नगरपालिका-६ का २० बर्षीय पुजन लिम्बूको साथबाट NITRAZEPAM– 50चक्की फेला पारी नियन्त्रणमा लिएको हो भने मंगलबार बिहान ३ बजे सुनसरीको बर्जु गाउपालिका ६ मा ईलाका प्रहरी कार्यालय चिमडीबाट खटिएको प्रहरी टोलीले बाटोको साईटमा राखीएको प्रदेश नम्बर १-०२-०४३प९९३४ नम्बरको पल्सर मोटरसाईकलमा राखीएको कालो ब्यागमा ४० के.जी गाँजा फेला पारी बरामद गरेको हो । बरामद गरेको लागूऔषध र पक्राउ परेको लिम्बूको सम्बन्धमा सम्बन्धित कार्यालयहरुबाट थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्