झापा, पुष ५ । नेकपा एमालेको संसदीय दलको नेतामा पार्टी अध्यक्ष केपी शर्मा ओली चयन भएका छन्।

एमाले संसदीय दलले ओलीलाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद सूर्य ढकालले बताए।
उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव तथा अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा ओली संसदीय दलको नेता चयन भएका हुन्। दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकबाट चयन हुने सांसद ढकालले बताए।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीले संसदीय दलको नेतामा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई चयन गरेको छ।
मंगलबार काठमाडौंमा बसेको राप्रपा संसदीय दलको बैठकले सर्वसम्मत रुपमा दलको नेतामा अध्यक्ष लिङ्देनलाई चयन गरेको राप्रपाका नेता दिपकबहादुर सिंहले जानकारी दिए।
बैठकले मुलुकको राजनीतिक अवस्थालाई मध्यनजर गर्दै आवश्यक निर्णय लिने अधिकार पनि पार्टी अध्यक्षलाई दिएको सिंहले बताए।
मसिर ४ गते सम्पन्न निर्वाचनबाट राप्रपाको प्रत्यक्ष र समानुपातिक गरी १४ सांसद निर्वाचित भएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्