भद्रपुर, पुष ६। रोटरी क्लब अफ भद्रपुरले व्हील चियर वितरण गरेको छ ।

आर्थिक अवस्था कमजोर भएका चारजना असक्त अपाङ्गहरुलाई छनोट गरी क्लबले व्हील चियर वितरण गरेको हो ।
बुधवार भद्रपुरमा आयोजित एक संक्षिप्त कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट किशोर पराजुलीले उक्त व्हील चियर वितरण गरेको रोटरी क्लब अफ भद्रपुरका प्रेसिडेन्ट ईश्वर अधिकारीले जानकारी दिए ।

व्हील चियर पाउनेहरूमा भद्रपुर– ३ निवासी १७ वर्षीय लेखनाथ गनगाई, भद्रपुर– २ निवासी १० वर्षीय प्रसन्न राई, भद्रपुर– ४ निवासी ३८ वर्षीय दिनलाल माझी र हल्दीवारी– ३ निवासी १६ वर्षीय मेघराज ढुङ्गेल रहेका छन् । करिब ५० हजार मूल्य बराबरको ४ थान व्हील चियर वितरण गरिएको क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिए ।

रोट्रयाक क्लब अफ भद्रपुरको सहआयोजना भएको कार्यक्रमको औचित्यमाथि क्लबका पास्ट प्रेसिडेन्ट टिकाराज ढकालले प्रकाश पारेका थिए । क्लबका प्रेसिडेन्ट अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्लबका पास्ट प्रेसिडेन्टहरू दीपेश ढकाल, आदित्य पराजुली, विगत ओझा , प्रेसिडेन्ट इलेक्ट विनोद चापागाईँलगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमका अर्डिनेटर कविन राईले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्