झापा, पुष ६ । झापाको बाह्रदशी गाउँपालिका वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीमा चोर पसेकै रात बाह्रदशी गाउँपालिकाको मोटरसाइकल समेत चोरी भएको छ ।

पशु सेवा शाखाका प्रमुख देवकुमार यादवले प्रयोग गर्दै आएको प्र. १ ब. १०३२ नम्बरको पल्सर मोटरसाइकल गएराति चोरी भएको हो । राजगढ घर भएका यादव बाह्रदशी ५स्थित शोभा धमलाको घरमा गाईको उपचार गर्न गएका थिए । रात निकै परेकाले यादव सोहि घरमै बसेका थिए । ‘रातको १ बजेसम्म रहेको बाइक बिहान ४ बजे हेर्दा राखेको ठाउँमा थिएन’ यादवले भने । धमला बाह्रदशी कृषि शाखामा कार्यरत कर्मचारी समेत हुन् ।

गएराति नै चोरले वडा नम्बर ४ मा रहेको स्वास्थ्य चौकीको गेटको ताला तोडेर दराज फोरेका छन् । मुलगेटको ताला तोडेर कार्यालयमा भएका सम्पूर्ण दराज र घर्रा खोलिएको चकचकी स्वास्थ्य चौकीका इन्चार्ज रामनारायण शर्माले जानकारी दिए ।

कार्यालयमा भएका ल्यापटपलगायतका सामान भने सकुशल रहेको छ । चोरले लान खोजेको के हो भन्ने बुझ्न नसकेको शर्माले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्