कुमरखोद, पुष ७ । झापामा श्रृंखलाबद्ध चोरी हुनेक्रममा झापा गाउँपालिकामा पनि मोटरसाइकल चोरी भएको छ ।
झापा गाउँपालिका वडा नम्वर ५ राधावस्तीका सूर्यनारायण गणेशको प्र.१.०१.०१२प८०५० नम्वरको पल्सर मोटरसाइकल गएराति चोरी भएको हो । घरको दलानमा दुईवटा मोटरसाइकल राखिएकोमा पल्सर मोटरसाइकल चोरी भएको र घरको अन्य सामान चोरी नभएको गणेशले बताए ।
मोटरसाइकल चोरी भएको घटनाबारे प्रहरी चौकी पंथापडामा निवेदन दिएको उनले बताए । पंथापडा चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक वीरवहादुर भण्डारीले चोरी गर्ने व्यक्तिको खोजी तीव्र रुपमा गरिरहेको जानकारी दिएका छन् ।