झापा, पुष ८ । सुनसरीको बराहक्षेत्र नगरपालिका-२ स्थित आदर्श सामुदायिक वनमा हात्ती मृत फेला फरेको छ ।

हप्तादिनदेखि बराहक्षेत्र नगरपालिकाको जङ्गलमा २२ वटा हात्ती घुमिरहेका छन् । सामुदायिक वनको रेल्वे लाइनमा फेला परेको मृत हात्ती हेर्नेको भीड लागेको छ । जङ्गलमा हात्तीको संख्या धेरै भएकाले यस क्षेत्रका बासिन्दालाई सचेत हुन आग्रह गरिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बताएका छन् । अहिले घटनास्थलमा सशस्त्र प्रहरी, जनपद प्रहरी बन रक्षको टोलीले सार्वजनिक मुचुल्का तयार गरी मृत हात्तीको व्यवस्थापन गर्ने कार्य भइरेको छ । बराहक्षेत्रको जङ्गलमा हात्तीको जमातले विध्वंस मच्चाइरहेको स्थानीय डम्बर सिंदेलले बताए । हात्तीको संख्या धेरै रहेकाले यस क्षेत्रका बासिन्दाहरु त्रसित छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्