भद्रपुर, पुष ८ । भद्रपुरमा पानीको भाँडामा डुबेर एक बालकको मृत्यु भएको छ ।
डुबेर मृत्यु हुनेमा भद्रपुर नगरपालिका– १ स्थित संगम टोल निवासी विजय लिम्बूका १७ महिनाको छोरा ईन्छुहाङ लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार दिउँसो नाबालक ईन्छुहाङ खेल्ने क्रममा आफ्नै बारीमा राँगालाई पानी खुवाउन राखेको भाँडामा डुबेको अवस्थामा मृत फेला परेका थिए । घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।




