एजेन्सी । टिभी अभिनेत्री तुनिषा शर्माको आत्महत्या प्रकरणमा उनका सह-कलाकार शीजान खान पक्राउ परेका छन् ।

थाने जिल्लाको वालिव प्रहरीले शीजान खानमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । उनलाई सोमबार अदालतमा पेश गरिने छ । तुनिषा शर्माले शनिबार सुटिङको सेटमा नै आत्महत्या गरेकी थिइन् । उनी २० वर्षकी थिइन् । प्रहरीका अनुसार सुटिङका बेला ब्रेक हुँदा तुनिषा शर्मा आफ्नो मेकअप रुममा गएकी थिइन् तर उनी निश्चित समयमा सुटिङ स्थलमा पुगिनन् । उनले भने, ‘त्ससपछि केही मानिसहरु उनलाई भेट्न गए र बोलाए तर उनले ढोका खोलिनन् । ढोका खोलेर हेर्दा उनले आत्महत्या गरिसकेकी थिइन् ।’ एसीपी चन्द्रकान्तले तुनिषाकी आमाले उजुरी दिएको र अनुसन्धान भइरहेको बताए ।

को थिइन् तुनिषा शर्मा ?
तुनिषाले सन् २०१५ मा टिभी सिरियल ‘भारत का वीर पुत्र – महाराणा प्रताप’ बाट आफ्नो करियर सुरु गरेकी थिइन् । त्यसपछि उनले ‘चक्रवर्ती अशोक सम्राट’ नामक सिरियलमा पनि काम गरिन् । उनले ‘इश्क सुभान अल्लाह’, ‘इन्टरनेट वाला लभ’ जस्ता सिरियलमा पनि काम गरेकी थिइन् । सन् २०१६ मा उनले फिल्म ‘फितूर’ बाट आफ्नो बलिउड करियर सुरु गरेकी थिइन् । यसमा उनले अभिनेत्री कट्रिना कैफको बाल्यकालको भूमिका निभाएकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्