झापा , पुष १० । झापाको गौरीगञ्ज गाउँपालिका-६ को डौवाबारीमा नगेन्द्र ढकालको धानमा आगलागी भएको छ ।

धानमा थ्रेसर लगाउने क्रममा आज बिहान करिब ११ बजे आगलागी भएको हो । ढकालको पौन २ विगाह खेतको धान र बाबुराम राजवंशीको ट्याक्टर र थ्रेसर जलेर नष्ट भएको छ । स्थानीयको सहयोगमा केही धान मात्र जल्नबाट बचाएको पीडित ढकालले बताए । आगो निभाउन गौरादह दमक, ईकलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएका प्रहरी र स्थानीयवासीले सहयोग गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्