झापा, पुष १० । वैदेशिक रोजगारको क्रममा साउदी अरेबिया पुगेका एकजना नेपालीको निधन भएको छ ।

मृत्यु हुनेमा धनकुटा ७ का मुकेश राईको हृदयघातबाट मृत्यु भएको छ । राई रोजगारको क्रममा साउदीको पूर्वी प्रान्त अलखोबर-दमामा शहरमा १० वर्षअघि प्रतिष्ठित सुपर मार्केटमा काम गर्दै आएका थिए भने गत १७ डिसेम्बर मध्यान्ह करिब १२ः४० हृदयघातका कारण अस्पताल पुग्न नपाउँदै बाटोमै मृत्यु भएको थियो । कम्पनीमा सँगै काम गर्ने मेखबहादुर मैनालीका अनुसार मृतक राईले सुरुमा मुटु दुख्ने समस्या देखाए लगतै अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो । अस्पतालले हृदयघातबाट राईको मृत्यु भएको पुष्टि गरेको छ । राईको शव नेपाल पठाउने गृहकार्य भइरहेको छ । राईकी श्रीमती र एक छोरा छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्