एजेन्सी । टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा मुम्बई प्रहरीले उनले ब्रेकअपका कारण आत्महत्या गरेको बताएको छ ।

मुम्बई प्रहरीका एसिपी चन्द्रकान्त जाधवले टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको मामिलामा उनको शीजान खानसँग प्रेम सम्बन्ध रहेको र उनीसँग ब्रेकअप भएपछि उनले आत्महत्या गरेको बताएका छन् । उनले भने, ‘तुनिषा शर्मा एक टिभी कार्यक्रममा अभिनय गरिरहेकी थिइन् । १५ दिनअघि उनको ब्रेकअप भएको थियो, त्यसपछि तुनिषाले आफ्नो शोको सेटमा आत्महत्या गरिन् ।’ तुनिषाकी आमाले उजुरी दिएको एसीपी चन्द्रकान्त जाधवले बताए । उनको उजुरीका आधारमा शीजानलाई पक्राउ गरी अदालतमा पेश गरिएको छ । उनले शीजानलाई चार दिनको प्रहरी हिरासतमा राखिएको बताए । पोष्टमार्टम रिपोर्टमा तुनिषाको मृत्यु झुण्डिएर भएको स्पष्ट लेखिएको छ । यसअघि टिभी अभिनेत्री तुनिषा शर्माको मृत्युको सम्बन्धमा वालिव प्रहरीले सह-कलाकार शीजान खानविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्