झापा , पुष १२ । जारी सिजन खराब प्रदर्शनबाट गुज्रिरहेको लिभरपुलले आफ्नो शीर्ष चारको सम्भावना कायम राखेको छ ।

सोमबार भएको खेलमा लिभरपुलले एस्टन भिल्लालाई ३-१ ले पराजित गर्यो । सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको लिभरपुलले पाँचौँ मिनेटमा मोहम्मद सलाहको गोलमार्फत अग्रता बनाएको थियो । डच स्टार भान डाइकले ३७ औँ मिनेटमा लिभरपुलको अग्रता दोब्बर बनाएका थिए । पहिलो हाफमा २-० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप एक गोल गर्यो । तर एस्टन भिल्लाले वाटकिन्सको गोलमार्फत ५९ औँ मिनेटमा खेलमा फर्किने प्रयास गरेको थियो । तर ८१ औ मिनेटमा बाजसेटिकले अग्रता ३-१ मा पुर्याउँदा लिभरपुलले सहज जित निकाल्दै ३ अङ्क हासिल गर्यो । लिभरपुल १५ खेलबाट २५ अङ्कका साथ छैटौँ स्थानमा छ । प्रिमियर लिगकै अन्य खेलमा फुलह्यामले क्रिस्टल प्यालेसलाई ३-०, वल्भेसले एभर्टनलाई २-१ तथा ब्राइटनले साउथ हेम्टनलाई ३१ ले पराजित गरेका थिए ।



