झापा, पुष १३ ।इलामको रोङ गाउँपालिकाले आज स्थानीय सार्वजनिक बिदा दिएको छ ।

गाउँपालिकामा लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात् नामवन पर्वको अवसरमा गाउँपालिकाले आज स्थानीय बिदा दिएको हो ।

गाउँकार्यपालिकाको कार्यालय, वडा कार्यालय, गाउँपालिकाभित्रका शिक्षण संस्था तथा सम्पूर्ण सार्वजनिक निकायहरू आकस्मिक सेवाबाहेक बिदा दिइएको प्रमुख प्रशासकीय अधिकृत दीपेन्द्र दाहालले जनाएका छन् । लेप्चा समुदायले नयाँ वर्ष अर्थात् नामवन पर्वको उपलक्ष्यमा हरेक वर्ष रोङले बिदा दिँदै आएको छ ।
रोङमा लोपोन्मुख लेप्चा समुदायको बाक्लो बसोबास छ । २०६८ सालको जनगणनाअनुसार नेपालमा लेप्चाको जनसंख्या ३ हजार ४४५ छ । पछिल्लो समय उनीहरूमध्ये केही अस्थायी बसोबासका लागि र कतिपय बसाइँ सरेर अन्यत्र गइरहेका छन्। त्यस्तै सूर्योदय नगरपालिकाले पनि लोपोन्मुख लेप्चा जातिको नयाँ वर्ष अर्थात् नामवन पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्