झापा, पुष १३ । झापामा मोटरसाइकल चोरी गरेको आरोपमा दुईजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा झापा गाउँपालिका ५ बस्ने २३ वर्षीय प्रकाश गनगाई र सिन्धुली घर भई हाल झापा ६ बस्ने २० वर्षीय रोशन दमाई रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गत ६ गते राति झापा ५ बस्ने सूर्यनारायण गणेशले प्रयोग गर्दै गरेको १५० सिसीको प्र १-०१-१२ प ८०५० नम्बरको पल्सर घरकै बरन्डाबाट चोरी भएको थियो । मोटरसाइकल चोरी भएको हप्ता दिन पछि भारतमा लगेर बेचेको मोटरसाइकलसहित उनीहरूलाई पक्राउ गर्न प्रहरी सफल भएको हो । शरणामती प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक वीरबहादुर भण्डारीको कमान्डमा रहेको टोलीले आरोपीसँग सुराग हात पारेपछि मोटरसाइकलसम्म पुगेको थियो । भारतको बिहार स्थित तुलसियामा भारतीय प्रहरीको सहयोगमा मोटरसाइकल नेपाल ल्याउन प्रहरी सफल भएको हो । गनगाईलाई आशङ्का गरी प्रहरीले कुरा खोतले पछि गनगाईले मोटरसाइकल चोरेर भारत लगेर बेचेऊ भनेपछि प्रहरीलाई सुराग मिलेको थियो । भारतको तुलसियामा सो मोटरसाइकल १२ हजारमा गनगाईले बेचेको प्रहरीले बताएको छ । चोरीमा संलग्न दुवैलाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्