झापा , पुष १३ । भारतको जयनगरबाट जनकपुरधाम कुर्था आउँदै गरेको रेलले किच्दा एकजनाको मृत्यु भएको छ ।

जनकपुरधाम आउँदै गरेको रेलमा चढ्ने क्रममा लड्दा धनुषाको वैदेही स्टेशनमा किचिएर एकजनाको मृत्यु भएको हो । किचिएर धनुषाको नगराइन नगरपालिका राघोपुरका ३५ वर्षीय पूणर् सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दियो । वैदेही रेल्वे स्टेशनमा खुलिसकेको रेलमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्