झापा, पुष १३ ।निरन्तर दुःख दिइरहेको जंगली हात्तीले झापाको हल्दिबारी गाउँपालिका वडा नम्बर ३ मा रहेको पञ्चायत माध्यमिक विद्यालयमा क्षति पुर्याएको छ ।

बिहान अन्दाजी २–३ बजेतिर आएका तीनवटा जंगली हात्तीले विद्यालयको दक्षिणपट्टिको गेटको पर्खाल भत्काएको स्थानीय अभिषेक खतिवडाले जानकारी दिए ।

हात्तीले पुर्याएको क्षतिको विषयमा विद्यालयका शिक्षक डिल्लीराम ढुङ्गेलले सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए। त्यसपछि वडाका जनप्रतिनिधिहरुले अनुगमन गरेको खतिवडाले बताए । अनुगमनमा वडा नं. ३ का वडाध्यक्ष बिष्णुप्रसाद ओली, वडा सदस्यहरु अजित बिष्ट र कर्ण भण्डारी गएका थिए ।झण्डै २० हजार बराबरको क्षति पुगेको स्थानीयहरुको अनुमान छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्