झापा, पुष १४ । उद्योगी अरुणकुमार राठीलाई बन्धक बनाएर फिरौती असुल्ने सहेन शाह भनिने सिराह नगरपालिका-४ का अब्दुल खत्ताबलाई मोरङ प्रहरीले अपहरण तथा शरीर बन्धकमा मुद्दा चलाउने तयारी गरेको छ ।

राठी र खत्ताब नेपाल टाइम्स मिडिया प्रा.लि.का सञ्चालक हुन् । खत्ताबले राठीलाई आफ्नै मिडिया हाउसमा तीन साता अगाडि इन्टरभ्यु गर्ने भन्दै लगेर बन्धक बनाई १५ लाख फिरौती रकम लिएको प्रहरीको भनाइ छ । खत्ताबका सहयोगी विराटनगरका जयकुमार रामलाई पनि पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए  । घटनाको एक सातासम्म विराटनगरमा खुलेआम हिँडडुल गरेका खत्ताबलाई विभिन्न शक्ति केन्द्रको दबाबमा प्रहरीले ढिलो पक्राउ गरेको थियो । अहिले पनि उनको मुद्दालाई कमजोर बनाउन तिनै शक्ति केन्द्र, प्रदेश सरकारका कामचलाउ केही मन्त्री र उनीहरूका निकट सक्रिय रहेको स्रोतको दाबी छ । राठी प्रदेशसभा सदस्यमा एमालेबाट मोरङ ६(२) बाट समानुपातिकका उम्मेदवार थिए । विराटनगर-६ मा बस्दै आएका खत्ताबले राठीलाई आफ्नै मिडिया हाउसमा भिडियो खिच्ने भन्दै सरौचियामा रहेको मिडिया हाउसमा अपहरण शैलीमा पुर्‍याएर बन्धक बनाएर तत्काल १५ लाख फिरौती लिएको र बाँकी १५ लाख रुपैयाँ एक सातापछि लिने सर्तमा छाडेको सविस्तार उल्लेख गर्दै राठीले प्रहरीलाई किटानी जाहेरी दिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्